काठमाण्डौं । भारतले आज ९अगस्ट १५० आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहेको छ। सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएका छन्।
त्यसअघि उनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। लाल किल्लामा तिरंगा फहराएपछि प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री बनेयता मोदीले स्वतन्त्रता दिवसमा लगातार १२औँ पटक लाल किल्लाको पर्खालबाट भाषण दिएका हुन्।
कार्यक्रममा देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । लाल किल्ला र वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको थियो । ११ हजारभन्दा बढी सुरक्षाकर्मी र ३ हजार ट्राफिक प्रहरी तैनाथ गरिएका थिए ।