काठमाण्डौं । जनता समाजवादी पार्टी ( जसपा ) र राष्ट्रिय मुक्ति पार्टी ( रामुपा ) नेपालबीच कार्यगत एकता भएको छ। बिहीबार ९आज० काठमाडौंमा आयोजित एक समारोहका बीच जसपा र रामुपाबीच कार्यगत एकता भएको हो। कार्यगत एकताको सहमतिपत्रमा जसपा अध्यक्ष अशोक राई र रामुपा अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा तीन तहको सङ्गठनात्मक संरचना रहने उल्लेख छ। जसमा केन्द्रीय, प्रादेशिक र स्थानीय तह रहनेछन्।
सहमति भएबमोजिम केन्द्रीय तहको संरचनामा अध्यक्षहरूसहित दुबै पार्टीबाट ७र७ जना सदस्य रहनेछन् भने प्रादेशिक र स्थानीय संरचनामा क्रमशस् प्रदेशका अध्यक्षहरूसहित ५र५ र स्थानीय तहका अध्यक्षसहित ३र३ सदस्य रहनेछन्। यस्तै दुई पार्टीहरूबीच पालैपालो बैठकको अध्यक्षता गर्ने पनि सहमति भएको छ। जसपा र रामुपाबीच एकले अर्कोविरुद्ध आरोप प्रत्यारोप गर्न नपाउने आचारसंहिता राखिएको छ।
दुई पार्टीले अहिले कार्यगत एकता गरे पनि पछि पार्टी एकता नै मुख्य उद्देश्य भएको जनाएका छन्। त्यसैले उनीहरूले यसलाई ुएकता उन्मुख कार्यगत एकताु भनेका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ( जसपा ) नेपालबाट विभाजित भएर बनेको जसपा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) बाट विभाजित भएर बनेको रामुपाबीच कार्यगत एकता भएको हो।