काठमाडौं। न्याय परिषदले उच्च अदालतको न्यायाधीशहरु नियुक्तिका लागि नाम सिफारिश गरेको छ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका लागि २७ जनाको नाम सिफारिश गरेको हो ।
यसरी सिफारिश गरिएकाहरुको पदास्थपनसमेत तोकिएको छ । एक नम्बरमा यमबहादुर बुढामगरको नाम सिफारिश गरिएको छ । २ नम्बमा भने गोपाल प्रसाद बास्तोलको नाम सिफारिश भएको छ । उनी हाल धादिङ जिल्ला अदालतमा कार्यरत थिए । उनको पदास्थपन उच्च अदालत पाटन भनिएको छ ।