रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट रूपन्देही क्षेत्र(३ को उपनिर्वाचनमा उम्मेदवार बन्न अनलाइनमार्फत आवेदन दिने म्याद हिजो सकिएको छ । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो । बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।
आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा। लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता ९शेखर०, कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन्। रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो।
आवेदन दिएकामध्ये ४ जना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । जिल्ला नेताहरूका अनुसार मधु अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापा प्रतिस्पर्धाको अग्रपंतिमा आउन सक्नेछन् ।