काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री नेपाल आउने भएका छन्।
उनी आगामी भदौ १ गते ९१७ अगस्त० काठमाडौँ आउने स्रोतले जनाएको छ। ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको आधिकारिक मिति भने तय भइसकेको छैन।
विदेश सचिव मिश्रीले ओलीलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्न लागेका हुन्।
त्यसक्रममा उनीहरुबीच प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाबारे पनि छलफल हुने स्रोतले नजाएको छ।