काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त हुने भएका छन् । बानियाँले हिजो ९सोमबार० मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी नेपाली कांग्रेसको संसदीय दलका नेतामा निर्वाचित भएपछि मुख्यमन्त्रीमा दाबी गर्न हिजो प्रदेश प्रमुखको कार्यालयमा गएका थिए ।
बानियाँलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको तयारी छ । बानियाँनिकट उच्च स्रोतका अनुसार मुख्यमन्त्रीमा नियुक्त भए आज अपरान्ह ४ बजे शपथ हुने भएको छ ।