काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज साँभ्m ६ बजे पत्रकार सम्मेलन गरेर लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका छन् । राजीनामा दिनुअघि उनले पार्टी सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका थिए ।
लामा गत वर्ष २०८१ साउनमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस बागमतीको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । अब बानियाँ नै मुख्यमन्त्री बन्ने भएका छन् । लामाले पनि आफूले सभापति देउवाको निर्देशन मानेर राजीनामा दिएको स्पष्ट पारेका छन् । उनले आफूले पार्टी सभापतिको कुरा मानेर राजीनामा दिएको जनाए । उनले भने, ‘संविधानले त मलाई मुख्यमन्त्री त अझै सुनिश्चित नै गरेको थियो ।
तर पार्टीभित्रको बृहत छलफलपश्चात विधि मूल्य र मान्यतालाई आधार मानेर । त्यतिमात्र होइन पार्टी सभापतिले देउवासँगको छलफलमा राजीनामा गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेकाले त्यसलाई शिरोधार्य गर्दै राजीनामा दिने निर्णय गरेको हुँ ।’ राजीनामा दिनुअघि उनले सभापतिसँग शर्त राखेको कुरा बाहिरिएको थियो । त्यो शर्त भनेको अब बन्ने क्याविनेटमा आफू पक्षधर तीन जना मन्त्री हुनुपर्नेछ ।