तनहुं । तनहुंको आंबुखैरेनी गाउंपालिका २ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ । नारायणगढ बाट गोर्खा तर्फ आउंदै गरेको ग २ ख १०७७नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ४स्२० बजे ऐनापहरामा दुर्घटना भएको बताइएको छ ।
बसमा यात्रारत ५ जना घाइतेलाइ आंबुखैरेनी अस्पताल लगिएको छ भने गम्भीर २ जना घाइतेलाइ भरतपुर रेफर गरिएको छ ।
बस दुर्घटना भएको स्थानियले जानकारी गराएपछी उद्दारको लागि सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार नं. २३ मनकामना गण तनहुं बाट उद्दार टोलि परिचालन भएको छ । क्षतिको बिबरण प्राप्त भएको छैन ।