काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् । उनले नेपालमा राजतन्त्र सढेगलेको पाखण्डी सिद्धान्त भएको आरोप लगाए । आज ९आइतबार० काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘राजतन्त्रको बारेमा मलाई खासै केही भन्नु छैन । यो एउटा सढेगलेको पूरानो जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको यो एउटा पाखण्डी सिद्धान्त हो । यसलाई कुनै सचेत मान्छेले स्विकार गर्न सक्दैन । नागरिक सर्वोच्चतालाई नस्विकारेर एउटा व्यक्तिको सर्वोच्चता, परिवारको सर्वोच्चता स्विकार्नु भनेको अज्ञानता हो । कायरता हो । अरु देशको कुुरा मैले गरेको होईन । हाम्रो देशको सन्दर्भमा यो जनताले त्यसै रुपमा लिएर फ्याँकिसकेको कुरा हो । फ्याँक्नै पर्दथ्यो ।’
राजतन्त्रको अन्त्य दरबार हत्यकाण्डबाट भएको पनि प्रधानमन्त्री ओलीले सुनाए । उनले भने,‘दरबार हत्याकाण्ड भनेको सानो कुरा हो रु विचार गर्नुहोस त, सानो कुरा हो रु त्यसपछि एउटा कुशको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजा नै होईन । राजा मारिए, रानी मारिए, राजाको छोरा मारिए, युवराज मारिए, संविधानले कहाँ चाहीँ यता उता नभएको भाइ खोजेर ल्याएर बनाउन भनेको छ रु दरबार हत्याकाण्डको कहाँ परिकल्पना गरेको छरु’
तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनताको अधिकार खोसेर कठपुतली आयोग बनाएर शेरबहादुर देउवामाथि पनि मुद्दा चलाएको ओलीले स्मरण गराए । उनले २००७ सालमा राजा फर्काएर गलत गरेको भन्दै त्यतिवेलाको निर्णयको आलोचना गरे । उनले भने,‘यो सबै ००७ सालमा राजा फर्काएर, दिल्ली गैसकेका थिए उतै बस्न दिएको भैहाल्थ्यो नि, अग्रजहरुको कुरा हो । के के त्यसमा पनि नजाउँ, त्रुटि चाहीँ भयो । त्यसले गर्दा भोगेको भोगै गर्नुपर्यो २०६५ सालसम्म ।’