काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दै छ । प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो । बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् । उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११–५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म ( ५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।