काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले देशमा फेरि एकपटक विद्रोहको आवश्यकत्ता रहेको औंल्याएका छन् । उनले आफू विद्रोहको तयारीमा लागिरहेको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज ९आइतबार० बोत्ले स्मृद्धि दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं ।’
उनले जनतासँग माओवादी अभियानपनि एउटा विद्रोहको तयारी नै भएकोले फेरि मध्यपहाडी यात्रामा निस्किन लागेको जानकारी दिए । उनले अभियानको क्रममा आफूहरुले शहीद परिवारका घरमा गएर उनीहरूको दुःख सुख बुझ्ने काम गरेको स्मरण गराए । उनले भने,‘फेरि हाम्रो वर्गसँग जोडिदैछौं ।’