काठमाडौँ । गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ ।
गएराति महाराजगञ्जको एक होटलबाट चक्रे मिलनको जन्मदिन मनाइरहेका बेला प्रहरीले ४७ जना पक्राउ गरेकोमा २८ जनालाई छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । मुद्दा चलाइएका प्रतिवादीहरु
मुद्दा चलाइएका प्रतिवादीहरु
१. चक्रे मिलन भन्ने मिलन गुरुङ
२. गणेशबहादुर बोगटी
३. निराजन पौडेल
४. रोशन सुवेदी
५. राजेश खड्का
६. सन्दीप केसी
७. राहुल खड्का
८. यामु पौडेल
९. सौरभ सुनार
१०. डिल्लीराज कँडेल
११. ऋतीक लामा
१२. चन्द्रदेव कार्की
१३. जितबहादुर लामा
१४. प्रकाश गोले
१५.अमिर आलेमगर
१६. उत्तम महर्जन
१७. प्रनिश केटल
१८. राजु परियार
१९.सफल शाही