काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् ( काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ साउन १९ गते सोमबार प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरिएको छ ।
सभामुख देवराज घिमिरे विश्वका सभामुखहरूको सम्मेलनमा स्वीट्जरल्याण्डको जेनेभामा रहेकाले यससम्बन्धी आधिकारिक निर्णय भने हुन सकेको छैन । सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची तय गर्न १८ गते बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले यसबारे आधिकारिक निर्णय लिने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
सङ्घीय संसद्का दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा०ले पारित गरेर सभामुख देवराज घिमिरेले विधेयक प्रमाणीकरणका लागि असार ३१ गते राष्ट्रपति पौडेल समक्ष पठाएका थिए । तर, राष्ट्रपति पौडेलले ८ दिन राखेर विधेयकमार्फत गरिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ ९३० बमोजिम पुनर्विचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएका थिए ।