काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को हावादारी गफ गरेको बाएका छन् । केही दिनअघि मधेसको सुक्खाक्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले ५०० डिप बोरिङ गर्ने घोषणा गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लोहनीले बिहीबार लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजी सुक्खा क्षेत्रको भ्रमणपछि अब नेपाल सरकारले ५०० डिप बोरिङ गर्ने घोषणा गर्नुभयो । यो अर्को झुट र हावादारी गफ हो । नेपाल सरकार ले ८०र८१ मा जम्मा ६ वटा डिप बोरिङ निर्माण गरेर ३०० हेक्टरमा सिचाइँ गर्ने भनेको थयो । अब अचानक ५०० बोरिङ गरेर ३०००० हेक्टरमा सिँचाइको घोषणा बारे के भन्ने रु’
उनले यो राजनैतिक भ्रष्टाचार र जनताको जिन्दगीसँग खेलबाड भएको टिप्पणी गर्दै ‘के यही तपाईंको अग्रगमन हो ? ’ भनेर प्रश्न समेत गरेका छन् ।
