मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारबारे देखिएको अन्योलका बारेमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै संस्थागत निर्णयलाई मान्ने भएको छ ।
बुधबार एमालेको बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको एमाले प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले जनाए ।
उनले प्रदेशमा देखिएको राजनीतिक संकट समाधानका लागि चाँडै नै छलफल गरेर एउटा निकासमा पुग्नेबारे पनि बैठकले निर्णय गरेको जानकारी दिए ।