काठमाण्डौं । नेकपा ९एमाले० का पूर्व नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको आर्थिक नीतिमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले ओली सरकारले विदेशी ऋणको मामिलामा जनतालाई झुक्याएको र पाखण्ड प्रदर्शन गरेको आरोप लगाएका हुन्।
नेता रावलले आफ्नो कार्यकालमा एक रुपैयाँ पनि विदेशी ऋण नलिने दाबी गर्ने ओली नेतृत्वको सरकारले एकै वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ विदेशी ऋण लिएको तथ्याङ्क प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, ‘एक रुपैयाँ पनि विदेशी ऋण लिन नसक्ने भन्ने के।पी। नेतृत्वको गठबन्धन सरकारले १ वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड विदेशी ऋण लिएछ १’
उनले सोही सरकारको कार्यकालमा विश्व बैंकले नेपाललाई दिने सहुलियत ऋणको ब्याजदर दोब्बर बनाउँदा पनि सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्। ‘विश्व बैंकको ऋणलाई ऋणनै नभए जस्तो गर्ने यही सरकार हुँदा विश्व बैंकले नेपाललाई दिने ऋणको ब्याज दोब्बर( ०।७५ बाट १।५ प्रतिशत बढाएछ,’ रावलले उल्लेख गरेका छन्। रावलले सरकारको भनाइ र गराइमा विरोधाभास रहेको भन्दै यसलाई ‘जनता झुक्याउने पाखण्ड’ को संज्ञा दिए।