काठमाण्डौं । संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३ ऐनसमेत अघि बढिसकेको बताए। विसं २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै नयाँ पर्यटन नीतिमा अद्वितीय पर्यटकीय गन्तव्य नेपाल भन्ने शब्दावली नै नीतिको संरचना दूरदृष्टिका रूपमा राखेको उनले बताए।
मन्त्री पाण्डेले पर्यटन नीतिसँग तादात्म्य हुने गरी ऐन र नियमावली बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे। मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नीतिको उद्देश्य र प्राथमिकताबारे प्रस्तुतीकरण गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि समयानुकूल नीतिगत सुधार गर्नुपर्ने विषयलाई समेटेर नीति ल्याइएको जानकारी दिइन्।
उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बनाउने गरी नीति अवलम्बन गरिएको उल्लेख गरिन्। विसं २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै नयाँ पर्यटन नीतिमा अद्वितीय पर्यटकीय गन्तव्य नेपाल भन्ने शब्दावली नै नीतिको संरचना दूरदृष्टिका रुपमा राखेको उनले बताए । मन्त्री पाण्डेले पर्यटन नीतिसँग तादात्म्य हुनेगरी ऐन र नियमावली बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे ।
मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नीतिको उद्देश्य र प्राथमिकताबारे प्रस्तुतीकरण गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि समयानुकूल नीतिगत सुधार गर्नुपर्ने विषयलाई समेटेर नीति ल्याइएको जानकारी दिए । उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बनाउने गरी नीति अवलम्बन गरिएको उल्लेख गरे । रासस