काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको सन्दर्भमा सार्वजनिक भएको तालिकालाई लिएर प्रष्ट पारेको छ । आज ९आइतबार० विज्ञप्ति जारी गर्दै प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि लोड व्यवस्थापन तालिका निकालेको बताएका हो । लोडसेडिङ नेपालको इतिहास भइसकेको बताउँदै प्राधिकरणले अब यो नफर्किने बताएको छ ।
‘लोडसेडिङ नेपालको लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरुमा पर्न गएको अन्योल प्रति प्राधिकरण सचेत रहेको छ,’– प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र रहेको र समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएको प्राधिकरणले जनाएको छ ।