काठमाडौं । संघिय संसद अन्तगर्तको प्रतिनिधिसभाको बैठक जारी रहेको छ । यस महिनामा १५ दिनमा प्रतिनिधिसभाको बैठक ३ दिन मात्रै बस्ने गरी क्यालेन्डर तयार भएको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ ।
पहिलो बैठक आजै बस्नेछ । दोस्रो बैठक यही साउन ८ बिहीबार र तेस्रो बैठक ९ गते शुक्रबार बस्नेछ । त्यसपछि साउन १५ गतेसम्म प्रतिनिधि सभाका अरू बैठक बस्ने छैनन् । आज प्रतिनिधिसभामा शून्य समय चल्नेछ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भनिए पनि तयारी नपुगेको भन्दै सो कार्यक्रम कार्यसूचीवाट हटाईएको छ । ।
राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ९सचालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने, विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बिहीबारको बैठकमा पनि शून्य समय र विशेष समय चल्नेछ । यसका अलावा मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन। विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
शुक्रबार शून्य समय चल्नृछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।