काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
धनखडको कार्यकाल अगस्ट २०२७ मा मात्र पूरा हुँदै थियो । उनले कार्यकाल सकिनु २ वर्षअघि नै राजीनामा दिएका हुन् । जनता दल, कांग्रेस हुँदै भाजपामा उनी विभिन्न भूमिका निर्वाह गर्दै देशको दोस्रो सर्वोच्च पदमा पुगेका हुन् । तर उनको राजीनामाको ुटाइमिङु लाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । खासगरी विपक्षी दलहरूले उनको राजीनामामाथि गम्भीर प्रश्न उठाएका छन् । भारतमा उपराष्ट्रपति राज्यसभा सभापतिसमेत हुन्छन् । राज्यसभा सभापतिका रूपमा धनखड्को विपक्षी दलहरूसँग प्रायस् टकरावको स्थिति नै रह्यो । यहाँसम्म कि गत वर्षको डिसेम्बरमा विपक्षी गठबन्धन इन्डियाु ले उनीविरुद्ध अविश्वास प्रस्तावको नोटिस दिएको थियो ।
धनखडको राजीनामापछि कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जालमा लेखेका छन्, ुउपराष्ट्रपतिको अचानक राजीनामा आउनु अचम्म त छँदैछ, त्यति नै बुझ्न नसकिने पनि । म आज साँझ ५ बजेतिर अन्य सांसदहरूसहित उहाँसँगै थिएँ । साँझ साढे ७ बजे पनि उहाँसँग फोनमा कुराकानी भएको थियो । रमेशले धनखडले स्वास्थ्यलाई प्राथमिकता दिनु स्वाभाविक भएको उल्लेख गर्दै अप्रत्याशित राजीनामापछि ुधेरै चिज पाकिरहेकोु आशंका गरेका छन् ।
राजीनामा दिनुअघि धनखडले केही मन्त्रीहरूलाई पनि भेटेका थिए । लल्लनटपका अनुसार उनले मोदी सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट गरेका थिए । मिडिया रिपोर्टहरूका अनुसार भन्दै लल्लनटपले धनखडले रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र यातायातमन्त्री नितिन गडकरीसँग भेटेको उल्लेख गरेको छ । ती भेट संसद् परिसरमै भएका थिए । तीन मन्त्री अलग्गै पनि बैठक बसे । सोमबार साँझै रक्षामन्त्री सिंहको कार्यकक्षमा पनि भाजपा सांसदहरूको ताँती लागेको थियो । लल्लनटप लेख्छन्, ुएक जना भाजपा सांसदले नाम नछाप्ने सर्तमा भने, त्यहाँ हामीलाई खालि कागजमा हस्ताक्षर गराइयो ।
जति समय उनी उपराष्ट्रपतिका रूपमा रहे, ुपोलराइजिङ फिगरु का रूपमा रहे । उनी खुलेरै सनातन र संविधानको कुरा गर्थे । उनले ११ अगस्ट २०२२ मा उपराष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । त्यसअघि उनी पश्चिम बंगालका राज्यपाल थिए । उनी जुलाई २०१९ मा राज्यपाल नियुक्त भएका थिए । राज्यपालका रूपमा पनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनी टकरावमै थिए । पछिल्लो समय पनि विपक्षी दलहरूको आरोप छ, ुजगदीप धनखडले पक्षपातपूर्ण ढंगले राज्यसभा बैठक सञ्चालन गरिरहेका थिए ।
राज्यसभा सभापतिमाथि सत्तारुढ दल भाजपाको दबदबाप्रति सोमबारको एक घटना बीबीसी हिन्दीले उल्लेख गरेको छ । बैठकका दौरान भाजपा सांसद जेपी नड्डाले विपक्षी नेताहरूलाई भने, केही पनि रेकर्डमा जाँदैन । जे म बोल्दैछु त्यो मात्रै रेकर्डमा जान्छ । यो तपाईंलाई थाहा हुनुपर्छ । सामान्यतया यस्तो सम्बोधन राज्यसभा सभापति वा लोकसभा अध्यक्षले गर्छन् । बीबीसी हिन्दी