काठमाडौँ । भोलि ( बुधबार ) बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ ।
‘सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ सम्भावित कार्यसूचीको दुई नम्बरमा लेखिएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।