काठमाडौं । अखिल क्रान्तिकारीको आह्वानमा अधिकांश शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र स्वयं विद्यालयहरू अन्योलमा परेका छन् ।
शिक्षा ऐनको बहानामा क्रान्तिकारीले विद्यालय बन्द गर्न आह्वान गरेको हो । विद्यालय अचानक बन्द भएपछि बिहान विद्यालय पठाउन तयार भएका विद्यार्थीहरू समयमा सूचना नपाउँदा समस्यामा परेका छन् ।
कतिपय विद्यालयहरूमा अहिले परीक्षा पनि सञ्चालन भइरहेका छन् । तर एक्कासि विशेष कारण देखाउँदै परीक्षा सारिएका छन् ।अखिल क्रान्तिकारीले निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुनेगरी यथाशीघ्र शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । अखिलले त्रिभुवन विश्वविद्यालय भित्रका सम्पूर्ण शैक्षिक विभागहरू बन्द गर्न आह्वान गरेको भएपछि अधिकांश निजी तथा सामुदायिक विद्यालयहरू बन्द रहेका छन् ।