काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार बन्दै गर्दा संविधान संशोधनको कुरा गरेपनि अहिले एकवर्ष पूरा हुँदासमेत यो विषय डाइनोसरजस्तै लोप भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।
उनले भने,‘आज यो सरकार बनेको एक वर्ष भैसकेको छ, न सुर छ, न ताल छ । न त लय नै छ । सबै हराएको छ । संविधान संशोधनको विषय त डाइनोसरजस्तै लोप भएको छ । तँछाममँछाड गर्ने सुशासनको कथावाचक विद्धान पण्डितहरु पनि पूजा तथा महायज्ञमा झुल्किन्छन् ।
तर, मनैदेखि सुशासनको कथावाचन हुँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनाँ र गर्नपनि दिन्नँ भनेपनि करोडौं रुपैयाँ भ्रष्टाचार भैरहेको भन्दै केही प्रकरणको पनि नाम उल्लेख गरेका छन् ।