काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा ( ९ ) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको शितल निवासले जनाएको छ ।