काठमाडौँ । नेकपा एमालेका सचिव नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सही हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका हुन् ।
यस विषयमा संसद्मा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसद्मा आएर प्रस्ट पार्नुपर्ने उनले बताए । भट्टराईले यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने समेत बताए ।
उनले सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे । भट्टराईले सबैको सहमतिमा नै संविधान संशोधनको विषयलाई अघि बढाउने बताए ।