काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सो मुद्दामा राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिष्ट्रिव्युशन प्रा। लि। र उक्त कम्पनीका अध्यक्ष अरुण श्रेष्ठलाई सो मुद्दामा प्रतिवादी बनाइएको छ ।
२०७६ माघ १५ गते राष्ट्रिय सूचना प्रविधि केन्द्र र कम्पनीबीच सम्झौता भएको थियो । तर, सम्झौता अघि प्राविधिक स्पेसिफिकेसन निर्धारणदेखि बोलपत्र मूल्यांकन सम्मका प्रक्रिया मिलेमतोमा गरिएको अख्तियारको ठहर छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिस्ट्रीव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठ वर्ल्ड डिस्ट्रीव्युसन नेपाल प्रालिलाई समेत प्रतिवादी बनाइएको छ ।
आरोपपत्रमा उल्लेख भएअनुसार, प्रतिवादीले नेपाल सरकारलाई आर्थिक हानि पुर्याउने बदनियत राख्दै खरिद प्रक्रिया मापदण्ड विपरीत अघि बढाएका थिए । उनीहरूले परस्पर मिलेमतोमा सार्वजनिक स्रोतको दुरुपयोग गरिएको आयोगले जनाएको छ । उनीहरुबाट जनही १५ करोड ८८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।