काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारीको बचत रकम अपचलन प्रकरणका नाइके भनिएका जिबी राईसँग अरबौं रुपैयाँ डिल गरे पक्राउ नगरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले हिजो प्रतिपक्षमा हुँदा पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्रीले अहिले त्यसतर्फ चासो नदेखाएको बताए।
जिबी राई कहाँ छन्रु जिबी राईलाई अहिलेको सरकारले कति अरबमा डिल गर्यो ? उनले भने, हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छरु जिबी राई चाहियो यहाँ। सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ।
शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेको जस्तै भिजिट भिसा प्रकरणमा पनि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।