काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जाने भएका छन् । सोमबार राति रसुवाको भोटेकोशीमा आएको बाढीलेका कारण ठूलोमात्रामा धनजनको क्षति भएको छ । उक्त क्षेत्रको अवलोकनमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेललगायतको टोली प्रभावित क्षेत्रको अनुगमनमा लान लागेको हो ।
‘रसुवामा एकदमै डिजास्टर भएको छ । हामी त्यहाँ जान लागेका छौं । अहिले त्यहाँ गएर हेर्छौं, हेरेपछि के गर्नुपर्छ भन्छौं,’– गृहमन्त्री लेखकले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने ।
बाढीग्रस्त क्षेत्र अवलोकनका लागि तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेको बताइएको छ ।