काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा ११ उद्धारकर्मी फसेका छन् । नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाउनेगरी आएको बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर ९यार्ड० मा राखिएका सयौं गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए। यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
यता त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ। बिदुर नगरपालिका( १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।