काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वाप ) का सांसद मनीष झाले सांसद डा।अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।
उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी ९जसपा० का नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढ दलहरूको धारणा के हो भनेर प्रश्न गरेका हुन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै झाले भने, ‘सत्तापक्षका माननीयज्यूहरू स्वतन्त्र सांसद माननीय अमरेशकुमार सिंहको भनाइ सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै हुनुहुन्थ्यो । तर,अहिले गठबन्धनका दुई थान मन्त्रालय लिइरहेको दलका एक जना नेताले भिडियो म्यासेजमार्फत मधेस टुक्र्याउने धम्की दिनुभएको छ । उहाँलाई अब के गर्नुहुन्छ ?