भोजपुर । भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका २ का राजेन्द्र राईले ९रामप्रसाद राई०ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए । लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।
उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएका छन् । गएराति १ बजेतिर ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको हत्या गरेका राजेन्द्रले ‘मैले चारजनालाई छुरी हानेर आएको छु । शायद मरिसके होलान्’ भन्दै हुर्बु भञ्ज्याङ निस्किएर प्रहरीलाई फोन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो । ‘पहिलेकी श्रीमतीले छाडेकी रहिछिन् । उनीहरूबीच प्रेम भएर केही महिनाअघि भगाएर ल्याएको बुझिएको,’ छ। भोजपुर नगरपालिका– २ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि आमा गएर फर्काएर ल्याएको बताइएको छ । एक महिनादेखि मनिषा माइतीमा थिइन् । राजेन्द्र ४र५ दिनअघि उनलाई लिन भन्दै ससुराली पुगेका थिए । तर, उमेर पनि नपुगेको भन्दै बुवाआमाले लैजान दिएनन् ।