काठमाडौं। साबिक विजेता नेपाल एसिसी पुरुष यु(१६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ। बिहीबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै नेपाल उपाधि रक्षातिर अघि बढेको हो।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।
मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १.१ विकेट लिए । नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।