काठमाडौं। ऊर्जा जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् । आज ९बुधबार० राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा उनले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत हुने, बाँकी १५ हजार मेगावाट भने निर्यात गरिने बताए ।
‘सरकारले अहिले २८ हजार ५ सय मेगावाट विद्युत २०३५ सम्ममा उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । १३ हजार ५ सय मेगावाट आन्तरिक खपत हुनेछ । १५ हजार मेगावाट चाहिँ हामीहरुले निर्यातको लागि व्यवस्था हुनेगरीको कार्यक्रम अगाडि बढाएका छौं,’– उनले भने । साथै, विद्युत उत्पादनसँगै प्रशारण लाइनको क्षमतासमेत विस्तार गरिने उनले बताए । १३२ केभीका ६ वटा, ६ हजार ४ सय ३१ सर्किट किलोमिटर २ सय २० केभीका र ४ हजार ६१ सर्किट किलोमिटर ४ सय केभीका, ६ हजार ४ सय ४० सर्किट गरी कूल १७ हजार ४ सय ४६ सर्किट किलो मिटर प्रशारण लाइनको निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको उनले बताए ।
साथै, अबको २ वर्षमा विद्युत पहुँच शतप्रतिशत पुर्याइने लक्ष्य रहेको पनि उनले बताए । साथै, आगामी १० वर्षमा वार्षिक प्रतिव्यक्ति विद्युत खपत १ हजार ५ सय युनिट पुर्याइने लक्ष्य रहेको पनि उनले बताए । आगामी १० वर्षमा मुलुकलाई उर्जा निर्यात गर्ने देशको रुपमा स्थापित गरिनेसमेत उनले बताए ।
उर्जा विकास मार्गचित्रको लक्ष्यलाई हासिल गर्दैगर्दा देशलाई ८८।८६ अर्ब राजश्व संकलित हुने र ८ लाख, ६५ हजार १ सय जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए । मन्त्री खड्काले यसले अप्रत्यक्ष रोजगारी पनि लाखौंको संख्यामा सिर्जना गर्ने बताए । अगामी आर्थिक वर्षमा नै ९ सय ४२ मेगावाट विद्युत उत्पादन थप हुने उनले बताए ।