काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि संघीय निजामती कर्मचारी विधेयकमा ‘कुलिङ अफ पिरियड’माथिको किर्ते काम गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सरकारको बागडोर सम्हालिरहेका उपप्रधान एवं सहरी विकास मन्त्री सिंहले निजामती विधेयकमाथिको छेडखानी क्षम्य नहुने बताएका हुन्।
बुधवार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटनपछिको समारोहलाई सम्बोधन गर्दै विधेयकमा भएको तलमाथि छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्। ‘छानबिन गरेर दोषी जोसुकै भेटियोस् कारबाही हुनुपर्छ,’ उनले भने।