काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० को अनुशासन आयोगले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा संकेत गर्दै अब मरेको सिनो काँधमा हालेर हिड्न नसक्ने टिप्पणी गरेकी थिईन् । उनले अध्यक्ष नेपालको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याएकी थिईन् ।
‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने रु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं,’– उनले भनेकी थिईन् ।
यही अवस्थामा लिएर जाँदा पार्टी नै विघटन हुनसक्ने खतरा उनले औंल्याउँदै अध्यक्ष नेपाललाई लक्षित गरी ‘सिनो बोकेर हिँड्न नसकिने’ बताएकी थिईन् । झाँक्रीलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ । सो अवधिमा आफूले बोलेको कुराको आशय प्रष्ट पार्न झाँक्रीलाई भनिएको छ ।