काठमाण्डौं । सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक कार्यक्रमको आयोजना गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघले २४औँ वार्षिकोत्सवको अवसरमा असार १५ गते नेपाल एपीएफ स्कुल कीर्तिपुरमा अध्यनरत छात्रछात्राहरुलाई विभिन्न सांस्कृतिक तथा बाध्यवादनका सामाग्री हस्तान्तरण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजना र नं। ७ गण सिरहाको समन्वयमा असार १४ गते जिल्लाको वरियारपट्टि गाउँपालिका– ३ स्थित जनता माध्यमिक विद्यालयको परिषरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा ५ सय २२ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गर्नुकासाथै औषधी समेत वितरण गरिएको हो । 


त्यस्तै सशस्त्र प्रहरी परिवार महिलासंघ मधेस प्रदेशले वार्षिकोत्सवको अवसरमा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीका विद्यार्थीहरुलाई खेलकुद तथा मनोरञ्जनका सामाग्री हस्तान्तरण गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं। नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा असार १६ गते जिल्लाको बिरेन्द्रनगर नगरपालिका–२ स्थित उत्तरगंगा स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा १ सय १ जना पुरुष र १ सय ६५ जना महिला गरी कुल २ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुकासाथै औषधि समेत वितरण गरिएको थियो । 

वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरले दुधपाटीस्थित भक्तपुर अस्पतालको प्रसुती तथा स्त्री रोग वार्डमा उपचारत सुत्केरी महिलाहरुलाई फलफुल वितरण गर्नुकासाथै चागुनारायण नगरपालिका–३ झौखेलस्थित अलपत्र बेवारिसे सडक मानवहरुको सेवामा समर्पित विशुद्ध सामाजिक संस्था मानवकल्याण समाज सेवाघरमा खाद्यान्न उपलब्ध गराएको छ । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नंं २० विपद् उद्धार गण सिनामंगलले समेत असार १५ गते चावहिलस्थित राधाकृष्ण सेवा संस्थालाई खाद्यान्न तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छ । त्यस्तै नं. १६ गण सिन्धुपाल्चोक तथा मातहत कार्यालयका कर्मचारीहरुले असार १६ गते नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकको समन्वयमा रक्तदान गरेको छ । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाले असार १५ गते छान्ना तिङ्करी कन्या माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा जिल्ला अस्पताल दार्चुलाले स्त्री रोग सम्बन्धी जनचेतनामूलक कक्षा संचालन गरेको छ । त्यस्तै नं। १४ गण मकवानपुरले समेत वार्षिकोत्सवको अवसरमा विभिन्न मठमन्दिर सरसफाई गरेको हो । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नंं ३५ शैलेश्वरी गण कञ्चनपुरले असार १६ गते जिल्लाको भिमदत्त नगरपालिका–४ महेन्द्रनगर स्थित समाजकल्याण अञ्चल बाल अनाथालयमा खाद्यान्न, फलफुल तथा नगद समेत वितरण गरेको छ । त्यस्तै वार्षिकोत्सवको अवसरमा नेपाल एपीएफ स्कूल कोहलपुर बाँकेमा संचालन भएको विविध कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघबाट उपलब्ध भएका विभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । त्यस्तै सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवमा अवसरमा देशभर रहेका सशस्त्र प्रहरी नेपालका विभिन्न कार्यालयहरुले समेत विविध कार्यक्रमहरु जारी राखेको छ । सशस्त्र प्रहरी परिवार महिला संघले संघले आफ्नो वार्षिकोत्सव असार १७ गते विविध कार्यक्रमकासाथ मनाउँदै आएको छ ।