काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्व, विशेषगरी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै प्रश्नैप्रश्नको वर्षा गरेका छन् ।सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका कोइरालाले गठबन्धन निर्माण, अनुशासन समितिको कार्यशैली, भ्रातृ संस्थाको अलपत्र अवस्था र पार्टी सञ्चालन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीको रूपमा नठान्न चेतावनी दिएका हुन् ।
उनले पार्टीलाई एकढिक्का बनाउने नाममा भएका अपारदर्शी निर्णय र गुटगत पूर्वाग्रहको अन्त्य हुनुपर्नेमा जोड दिए । कोइरालाले माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य गर्नुको ठोस कारण समेत माग गरे । कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ, तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ उनले भने, ’के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो रु यदि संविधान संशोधनका लागि यो गठबन्धन हो भने सात बुँदे सहमतिमा उल्लेखित त्यो बुँदा कहाँ पुग्यो ?
उनले थपे, १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्यो । पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ। ‘
उनले आफू कारबाही गर्न खोजेको होरु भन्दै पनि देउवालाई प्रश्न गरे। उनले थपे, ‘अनुशासन समितिको बैठकमा पार्टी सभापतिले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ । के आधारमा त्यो कुरा गरियो रु सभापतिज्यू यसको जवाफ चाहियो ।’