काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं। ३ सहित देशभरको रिट पदमा उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आज ( सोमबार ) बसेको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गराउने निर्णय गरेको हो ।
रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक बोहराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
त्यसैगरी मनाङमा प्रदेश सभा सदस्य पद रिक्त रहेको छ । मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ ( दिपक मनाङ्गे ) फौजदारी मुद्दामा दोषी ठहर भएपछि सो क्षेत्रमा जनप्रतिनिधिविहीन भएको थियो ।