काठमाण्डौं । सर्वोच्च अदालतलमा प्रस्तावित तीन जना न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएको छ। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्याय परिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो।
त्यस्तै महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए। आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो। सोमबार उनीहरूको संसदीय सुनुवाइ सकिएको समितिका सदस्य समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद डोलप्रसाद ९डिपी०अर्यालले जानकारी दिए।
सुनुवाइ सकिए पनि समितिले अनुमोदन भने नगरेको अर्यालले बताए। उनका अनुसार सुनुवाइ भइरहेका व्यक्तिहरू माथिको उजुरीका सन्दर्भमा थप बुझ्नुपर्ने भएकाले तत्काल अनुमोदन नभएको हो। संसदीय सुनुवाइ समितिले सामान्यतया सनुवाइ सकिएलगत्तै अनुमोदन गर्छ। हामीसँग ४५ दिनको समय छ। तोकिएकै समयभित्र निर्णय हुन्छ, अर्यालले भने।