काठमाडौं । नेपालका युवा क्रिकेटरले एसीसी मेन्स यू–१६ इन्टर जोन कपमा ४ सय २० रनको विशाल स्कोर खडा गरेका छन् । मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालको युवा क्रिकेटर टिमले इन्डोनेसियाविरुद्ध ४ सय २० रनको स्कोर खडा गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको स्कोर खडा गर्यो । प्रशिद्ध जैसीले १ सय ३२ रनको शानदार ईनिङ्स खेले । उनले १ सय १४ बलको सामाना गर्दै १५ चौका र १ छक्काको मदतले सो रन खडा गरेका थिए । यस्तै, रौनक श्रीवास्तवले ८८ र परिमार्जन यादवले ७१ रन बनाए । जोए थापाले ५७ रनको योगदान दिए ।
सिवान्सी बजगाई ४ रनमा पोविलियन फर्किएका थिए । सुगम बुढाथोकीले अविजित ३९ रन बनाए । रोशन साही १० रनमा अविजित रहे । नेपाल लगातार तेस्रो खेलमा जित निकाल्दै प्रतियोगिताको सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो ।