काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेबीच असमझदारी देखिनु सामान्य रहेको बताएका छन् । आज ( शुक्रबार ) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दल नै फरक भएपनि केही विषयवस्तुमा असमझदारी देखिनु स्वभाविक रहेको बताएका हुन् ।
बजेटमा उल्लेख रहेको ‘टेक एण्ड पे’ मा विमती रहेको कुरा उल्लेख गर्दै सभापति देउवाले भने, ‘केरे त्यो, टेक एण्ड पे । ठूलो कुरा नै थिएन नि । मानिहाले नि । दुईवटा पार्टी अलग–अलग पार्टी हो नि ।’
केही विषयवस्तुहरुमो असमझदारी रहे पनि सहमतिअनुसार नै सरकार सञ्चालन भइरहेको सभापति देउवाले बताए । उनले सरकारले गरेका केही निर्णयमा भने कांग्रेसको बुझाइ फरक परेको पनि बताए । ‘नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ रु’ भन्ने प्रश्नमा उनले समयमै हुने बताए । ‘समयमै हुन्छ,’– उनले भने ।