काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् । त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ । त्यसक्रममा स्पेनका प्रधानमन्त्रीसँग भेटवार्ताको कार्यक्रम समेत तय भएको छ ।