काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो । आजपा सांसद प्रभु शाह र नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्री ओलीलाई संसदमा खोजेका हुन् ।
आम जनता पार्टी ( आजपा ) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् । ‘प्रधानमन्त्री भन्नुहुन्छ– म जनताप्रति उत्तरदायी नै छु । तर, आज प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेको छ प्रधानमन्त्रीजी यहाँ हुनुहुन्छ ।’
प्रधानमन्त्रीले संसद्लाई कति प्राथमिकता दिएका छन् भन्ने उनको अनुपस्थितिले देखाउने साहको टिप्पणी छ । काठमाडौंमै रहेर प्रधानमन्त्री ओली संसद्मा बजेटमाथिको छलफलमा सहभागी नभएको भनेर उनले प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री कार्यालयकै बजेटमाथिको छलफलमा प्रधानमन्त्री सहभागी हुनैपर्नेमा त्यसो हुन नसकेको भनेर उनले सभामुख र सरकारको ध्यानाकर्षण गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्री कार्यालयको बजेटमाथिको छलफलमा प्रधानमन्त्रीकै अनुपस्थिति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।