काठमाण्डौं। निर्वाचन आयोगले डा. मुकुल ढकाल अझै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महामन्त्री तथा प्रवक्ता रहेको जनाएको छ। ढकालले यसअघि पार्टी पदाधिकारी तथा केन्द्रीय समितिका सम्बन्धमा आयोगमा अद्यावधिक रहेको सूचीबारे जानकारी माग गरेका थिए। त्यस क्रममा आयोगले महामन्त्रीमा उनकै नाम पठाएको हो।
आयोगले रास्वपाको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही पनि अद्यावधिक नभएको पत्रमार्फत जनाएको छ। आयोगका अनुसार २०८० चैत २० यता पदाधिकारी तथा केन्द्रीय समितिमा कुनै हेरफेर भएको छैन। ढकाललाई २०८१ असार २५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य, प्रवक्ता तथा महामन्त्रीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। त्यही दिन पार्टीका पदाधिकारीहरूको हेरफेरसमेत भएको थियो। तर, आयोगमा अहिलेसम्म नयाँ अद्यावधिक सूची छैन।
पार्टी महामन्त्रीमा आफ्नै नाम रहेको जानकारी प्राप्त गरेपछि ढकालले शुक्रबार ९आज० पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल ९डीपी० र उपसभापति डा। स्वर्णिम वाग्लेलाई छलफलका लागि समय पाउँ भनि पत्रसमेत लेखिसकेका छन्।त्यसो त गत वैशाख ४ गते सहमहामन्त्री सुमना श्रेष्ठले पनि पदबाट राजीनामा दिएकी थिइन्। आयोगमा त्यो पनि अद्यावधिक भएको छैन। आयोगले गरेको पछिल्लो अद्यावधिक सूचीअनुसार सभापति रवि लामिछाने उपसभापतिमा क्रमशस् डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले र महामन्त्रीमा ढकालकै नाम छ। अहिले कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीको नाम सहमहामन्त्रीमा नै छ।