काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी– २० आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।ग्लास्गोमा टस हारेपछि नेपालले पहिले बलिङ गरेको छ । स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।
आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीको स्थानमा रिजन ढकाल पहिलो रोजाईँमा खेलिरहेका छन् । नेपालको पेस अट्याक रिजन र यसै सिरिजबाट डेब्यु गरेका रुपेश सिंहले सम्हालेका छन् ।