काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न ग्वार्कोमा ओभर पास निर्माण गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपल्ट फ्लाई ओभर निर्माण भएको बताए । यस फ्लाई ओभरले अब ग्वार्कोमा जामको समस्या समाधान हुने बताए ।
उनले दैलेखकमा पत्ता लागेको मिथेन ग्यास नेपालको समृद्धि र विकासका लागि धेरै महत्वपूर्ण रहेको बताए । ‘हामी विकासको बाटोमा लगातार अगाडि बढीरहेका छौं । हिजोमात्रै एउटा समाचार आयो । आज अखबारहरुमा व्यापक महत्व पायो । दैलेखमा नेपालाई ५० वर्ष पुग्नेगरी मिथेन ग्यास फेला पर्यो । त्यो प्रमाणित भयो । तीन वटा कुवा छ त्यहाँ । एउटा वेलबाट मात्रै ५० वर्ष नेपाललाई पुग्ने ग्यास त्यहाँबाट उत्पादन हुन्छ । जुन कुरा यो फ्लाई ओभर सुरु गरेजस्तै त्यसको पनि सुरुवात मैले नै गरेको थिएँ,’– उनले भने ।
प्रधानमन्त्री ओलीले धौवादी फलाम कारखाना पनि अगाडि बढाइने बताए । उनले धौवादी फलाम कारखाना सम्पन्न हुनेबित्तिकै नेपाललाई सयौं वर्ष पुग्ने फलाम र प्रशोधन कारखाना स्थापना हुने उनले बताए ।