काठमाण्डौं । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची थियो। तर बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरूले बैठकमा नाराबाजी गरेपछि बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइयो।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधि सभाको बैठकमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिकै बैठकबाट फर्किए।ओली प्रतिनिधि सभाको बैठकबाट निस्किँदै गर्दा पत्रकारहरूले प्रश्न गरे जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्री ज्यु रु त्यसको जवाफमा ओलीले भने मजा लाग्यो। शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका थिए।
तर रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले बैठकमा विरोध गर्दै आइरहेका छन्।