काठमाण्डौं । लामो समयको अन्तराल पछि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका शिर्ष नेताहरु एकै ठाउँमा बस्ने भएका छन् । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू राजनीतिक छलफलमा बस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) बीच बुधबार बैठक हुन लागेको हव।
बैठक दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।
यस अघि पनि संसद अवरुद्ध गरीरहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदन खुलाउन मद्धत गरेपनि रास्वपा र राप्रपा लगायतका दलहरुले सदन अवरुद्ध गर्दै आईरहेका छन् ।