काठमाडौं । सत्तारुढ दल कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४ गते बुधबारका दिन बैठक बोलाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ । यसअघि कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पूर्वउद्योगमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री ९पौडेल०को निधनको शोक प्रस्ताव पारितलगायत विषयका लागि बैठक बोलाइएको उनले बताए । शास्त्रीको सोमबार बिहान काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको थियो ।