काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग छलफल गरेका छन् । रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्मा जारी अवरोधबारे छलफल भएको छ ।
सभामुख घिमिरेले बजेटमा व्यापक छलफल हुनुपर्ने बेला अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए । विपक्षीले उठाएका मुद्दाहरू गम्भीर भएकाले नै आफूले २ हप्ता सहमतिका लागि संसद् रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नभएको बताए । तपाईँहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’